काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालुवाटार स्रोतकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने छ। यस अगाडिको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बुधबारै माधवकुमार नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी बनेको छ । यद्यपि पार्टीको चुनाव चिन्ह्को विषयमा ठोस निर्णय भइसकेको छैन । चुनाव चिन्ह् नतोकिएको भन्दै एमाले समाजवादीले यसबारे थप
छलफल गरेर निर्णयमा पुगिने जनाएको छ ।
यस्तै जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर निवेदन दिएको छ। दलको चुनाव चिन्ह साइकल हुने भएको छ।