शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंका १० निर्वाचन क्षेत्रमा तरुण दलको मास्क अभियान सुरु
भर्खरै

काठमाडौंका १० निर्वाचन क्षेत्रमा तरुण दलको मास्क अभियान सुरु

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021

काठमाडौँ । नेपाल तरुण दलले काठमाडौंमा माक्स प्रयोग अभियान सुरु गरेको छ । कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने विज्ञहरुले बताइरहँदा जोखिम न्यूकिरणका लागि काठमाडौंका दश वटै निर्वाचन क्षेत्रमामा मास्क प्रयोग अभियान सुरु गरिएको तरुण दलले जनाएको छ । मास्क वितरण अभियानमा कोरोना विरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहन गर्दै जनचेतना जगाउने, माक्स वितरण गर्ने, सामाजिक दुरी कायम गर्न आग्रह गर्ने लगायतका छन् ।

“माक्स लगाऊ, कोरोना संक्रमण हुन बाट बचौँ ”भन्ने मूल नाराको साथमा गत आइतबारबाट काठमाडौंको बालाजु माछापोखरी, गंगबु

बसपार्क, महाराजगंज चोक , चाबहिल चोक , जोरपाटी चोक, कोटेश्वर चोक ,बानेश्वर चोक, कालिमाटी चोक र कीर्तिपुरपाँगा चोकमा मास्क वितरण गरेको तरुण दलले जनाएको छ । कोभिड १९ को संक्रमण समुदायमा फैलन नदिन विभिन्न सुरक्षात्मक उपायहरु मध्ये मास्क लगाउनु भएको र घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु गरेको छ । सरकारको यही निर्णयमा सहयोग पुर्‍याउन र नेपाल सरकारले मास्क सप्ताह मनाउने घोषणा गरे अनुरुप मास्क प्रयोग अभियान संचालन गरेको नेपाल तरुणदलका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय