मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेसका युवा नेता भण्डारीले सिन्धुपाल्चोकमा लागि एक लाख नगदसहितको सहयोग
भर्खरै

काँग्रेसका युवा नेता भण्डारीले सिन्धुपाल्चोकमा लागि एक लाख नगदसहितको सहयोग

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021

काठमाडौ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता हरिबोल भण्डारीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका लागि १ लाख नगदसहित र स्वास्थ सामाग्री सहयोग गर्नु भएको छ । भण्डारीले नगद र सहयोग सामाग्री सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सभापति विकास लामालाई हस्तान्तरण गर्नु भयो ।

कोरोना महामारीको संक्रमणदर फेरि बढिरहेका बेला उहांले पीपीई सेटर, ज्वरो परिक्षण गर्ने मेसिन, मास्क, ग्लोब्स,फेस सिल्डलगायतका स्वास्थ समाग्री सिन्धुपाल्चोक पठाउनु भएको छ । त्यस्तै , असार १ गते आएको बाढीका कारण प्रभावितका परिवारका लागि नगद एक लाख रूपैयाँ

पनि युवा नेता भण्डारीले सहयोग गर्नु भयो ।

सो स्वास्थ सामाग्री र आर्थिक सहयोग छिटै सम्बन्धित क्षेत्रमा पुर्याउने भन्दै कांग्रेस सभापति लामाले सहयोगका लागि भण्डारीलाई धन्यवाद व्यक्त गर्नु भयो। युवा नेता भण्डारीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गर्नु भयो । आगामी दिनमा पनि सामाजिक कार्यमा सक्रिय रहने भण्डारीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय