दोहा । बैदेशिक रोजगारीमा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव अलपत्र परेको छ ।
आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ -एनआरएनए कुवेतले आर्थिक संकलन सुरु गरेको छ ।
शवलाई नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक पर्ने भन्दै एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरी आर्थिक संकलन अभियान सुरु गारिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए । ।चौधरीको दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा
शव फेला परेको थियो । उनी भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा विगत ४ बर्ष पहिले कुवेत पुगेकी थिइन् ।
नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेका कारण वैदेशीक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन पैसा नदिएकोले शव अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ ।
नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत, भारत, बङ्लादेश, दुबई, श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन् ।