बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नुवाकोट र रसुवामा पहिरो जाँदा एकको ज्यान गयो , ४ जना बेपत्ता
भर्खरै

नुवाकोट र रसुवामा पहिरो जाँदा एकको ज्यान गयो , ४ जना बेपत्ता

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021
file photo

काठमाडौँ । नुवाकोट र रसुवामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार आज बिहान २स्३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।

यस्तै रसुवाको नौकुण्ड

गाउँपालिका ५ कोलडाँडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन्।

पहिरोले घाइते भएका ३६ वर्षीय श्यामबहादुर तामाङका अनुसार पहिरोले उनकी श्रीमती, दुई छोरी र एक छोरा बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी देवेन्द्र पाण्डेले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय