सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्रिपरिषद् विस्तारको तयारी, देउवा- दाहाल र नेपाल छलफलमा
भर्खरै

मन्त्रिपरिषद् विस्तारको तयारी, देउवा- दाहाल र नेपाल छलफलमा

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले ९समाजवादी० का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।

अध्यादेश ल्याएर माधव नेपाल पक्षलाई नयाँ दल खोल्ने बाटो सहज बनाइदिएका देउवाले नेपाल पक्षले एमाले ९समाजवादी० दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद विस्तारबारे छलफल थालेका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ ।सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता

टिकाउन अध्यादेश ल्याएर एमाले र जसपा फुटाउन मार्ग बनाइदिएका थिए ।

ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।

तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने कि भन्नेमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय