बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभर बदली, लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
भर्खरै

देशभर बदली, लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021

मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले वाग्मती र गण्डकी प्रदेशका केही भू-भागमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि सामान्य बदली भएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र ०३ गते (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि

मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०४ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०५ गते (शनिबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय