सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साफ फूटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने
भर्खरै

साफ फूटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फूटबलमा उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

दक्षिण एसियाली फूटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार असोज १५ गते हुने पहिलो खेलमा नेपालले घरेलु टोली प्रतिद्धन्दी पाएको हो ।

आफ्नो दोस्रो खेलमा नेपालले १७ गते श्रीलंका, २२ गते भारत र अन्तिम खेलमा बंगलादेशसँग २४ गते खेल्नेछ । प्रतियोगितामा यस पटक ५ टोली मात्र सहभागी छन् । कोरोनाका कारण पाकिस्तान र भुटानले नखेल्ने बताएका थिए ।

लीग चरणमा सबै

टोलीले एक अर्को विरुद्ध खेलेपछि शीर्ष दुई टोलीबीच असोज २७ गते फाइनल प्रतिस्पर्धा हुनेछ । सबै खेल राजधानी मालेको रंगशालामा हुनेछन् ।

माल्दिभ्स प्रतियोगिताको साबिक विजेता हो । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीले अहिले पोखरा रंगशालामा बन्द प्रशिक्षण गरिरहेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईले सोमबारमात्र २८ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय