सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद छलेर अध्यादेश ल्याउनु गलतः गगन थापा
भर्खरै

संसद छलेर अध्यादेश ल्याउनु गलतः गगन थापा

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले संसद अधिवेशन हठात् अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु जसले गरे पनि गलत हुने बताउनुभएको छ ।

नेता थापाले हिजो केपी शर्मा ओलीले यसरी अध्यादेश ल्याउँदा गलत भन्ने र त्यस विरुद्ध उभिने जो कसैलाई पनि आज अध्यादेशको समर्थन गर्ने हक नभएको पनि बताउनु भएको छ ।

यदि अहिले अध्यादेशको समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी

माग्नु पर्ने थापाको भनाइ छ । नेता थापाले यसअघि यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने र जारी गर्नेलाई अध्यादेशको विरोध गर्ने हक नभएको पनि उल्लेख गर्नुभएको छ ।

ओलीको पालामा अध्यादेश आउँदा समर्थन गर्नेले देउवाले ल्याएको अध्यादेशको विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नु पर्ने थापाको तर्क छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय