अफगानिस्तान कब्जा गरेपछि तालिवान प्रवक्ताले सरकारमा सहभागी हुन महिलालाई आग्रह गरेका छन् । राजधानी काबुलमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता जाबेहुलाह मुजाहिदले महिलालाई पनि अब बन्ने सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
इस्लामिक सरिया कानुनअनुसार महिला अधिकारको सुनिश्चितता गर्ने र महिलाहरूले विभिन्न क्षेत्रमा आफ्ना गतिविधिहरू गर्न सक्ने उनले स्पष्ट पारे । उनले अफगानिस्तानमा सबैलाई आममाफी दिने घोषणासमेत गरेका छन् । उनले तालिवानले अब थप युद्ध नचाहेको भन्दै आफूहरू शान्तिपूर्ण रूपमा अफगानिस्तानमा रहन चाहेको बताए ।