धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौविसे–नागढुङ्गा सडकखण्डको सिस्ने खोलामा पहिरोले अबरुद्ध बनेको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।
सिस्ने खोला र खत्रीपौवाबीचमा पर्ने सुरुङमार्ग नजिकै सडक माथीबाट खसेको पहिरोले सडक अबरुद्ध बनेको थियो । पहिरो पन्छाएर एकतर्फी सवारी संचालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख रमहेन्द्र खड़काले जानकारी दिनु भयो ।
सडक माथिबाट पहिरो खसिरहेको छ । उनले बताए ‘आजै दुवैतर्फ संचालनमा ल्याउन सकिने अवस्था नहुन पनि सक्छ । पानी परिरहेको र पहिरो खसिरहेको कारण काम गर्न पनि असहज बनेको छ ।
यहाँ पहिलेदेखि नै पहिरो खसिरहने ठाउँ हो । पहिरो पन्छाउने काम भइरहेको छ । बिरामी लिएर आएका एम्बुलेन्सहरुलाई पास गराइरहेका छौं ।’
अन्य यात्रुबाहक तथा मालबाहक सवारीहरुलाई एकतर्फी मात्रै पठाएको खड़काले बताए ।