सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज पनि केही प्रदेशमा वर्षा जारी रहने
भर्खरै

आज पनि केही प्रदेशमा वर्षा जारी रहने

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौं । आज पनि देशका विभिन्न भागमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको छ ।

बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर

सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय