आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनसँग खरिद गरिएको खोपमध्ये आठ लाख डोज आज नेपाल आइपुग्दै
भर्खरै

चीनसँग खरिद गरिएको खोपमध्ये आठ लाख डोज आज नेपाल आइपुग्दै

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौं । चीनबाट खरिद प्रक्रियामार्फत ल्याउन लागिएको ६० लाख डोज खोपमध्ये आठ लाख डोज भेरोसेल खोप आज आउने भएको छ।

आज ८ लाख डोज आउने र थप ८ लाख डोज भोलि ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका अनुसार आज आठ लाख र भोलि आठ लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।

बाँकी ४४ लाख डोज खोप अगस्त अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ। जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्येको आउन बाँकी ७ लाख डोज भदौ ५ र

७ गते आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन आइपुगेको छ ।

यस्तै १० लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका समेत गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप नेपाल आइपुगेको छ । ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय