सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेप्से झिनो अंकले बढ्यो, १८ अर्बमाथिको कारोबार
भर्खरै

नेप्से झिनो अंकले बढ्यो, १८ अर्बमाथिको कारोबार

  • सिधा दृष्टी मङ्लबार, भदौ १, २०७८ | August 17, 2021

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ०.२३ अंकले बढेर ३ हजार १६० दशमलव ३२ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार कूल १८ अर्ब २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कूल २२१ वटा कम्पनीका तीन करोड छ लाख १३ हजार ४३९ कित्ता सेयर एक लाख ६१ हजार ७२१ पटक खरिद–बिक्री भएका थिए । त्यस्तै आज क वर्गका कम्पनीहरुको सेयर कारोबार

मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा कायम भएको छ ।

आज अपि पावर कम्पनीको सेयर सबैभन्दा धेरै ८६ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय