सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति
भर्खरै

काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति

  • सिधा दृष्टी मङ्लबार, भदौ १, २०७८ | August 17, 2021

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अलपत्र नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काइने भएको छ ।

अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध भएकाले काबुलमा रहेका नेपालीलाई अफगान–पाक स्थलमार्गबाट स्वदेश फर्काउन सहमति भएको इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अफगानिस्तानको जलालावाददेखि पाकिस्तानको तोरखाम बोर्डरसम्म आउने विषयमा समन्वयका लागि पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीसँग कुराकानी भएको छ ।

नेपालीसहित विदेशी अरू नागरिकका हकमा मान्य हुने गरी तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको उहाँले जानकारी दिनुभयो ।

जलालावाद–तोरखाम ७० किलोमिटरको दूरीमापर्छ । त्यहाँबाट पेसावर वा रावलपिन्डी पुगेपछि इस्लामाबाद–काठमाडौंको उडानबाट नेपालीहरूलाई स्वदेश फर्काउने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय