सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
भर्खरै

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

  • सिधा दृष्टी मङ्लबार, भदौ १, २०७८ | August 17, 2021

काठमाडौं । आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुँदा अरु धेरै

ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय