सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ
भर्खरै

कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

नेपाल प्रहरीले कम्बोडिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाइदिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ ।

पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय