बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्दार गर्न तरुण दलको माग
भर्खरै

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्दार गर्न तरुण दलको माग

  • सिधा दृष्टी आइतवार, साउन ३१, २०७८ | August 15, 2021

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न सरकारसंग माग गर्न भएको छ । एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बस्नेतले अफगानिस्तानको विद्रोही संगठन तालिवानले राज्यसत्ता कब्जा गर्ने संभावना बढेसंगै त्यहां काम गर्ने विभिन्न पेशा व्यवसायमा रहेका नेपालीहरुको सुरक्षाको जोखिम बढेको भन्दै द्वन्दरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकरको उद्दार गर्न सरकार संग माग गर्नु भएको हो ।

समस्यामा रहेका नेपालीहरुलाई सरकार आफैले स्वदेश ल्याउन र उनीहरुको जीवन रक्षा गर्नका लागि संवेदनशील हुन पनि नेपाल तरुण दलको

तर्फबाट अध्यक्ष बस्नेतले अपील गर्नु भएको हो । अफगानिस्तानमा विद्रोही समूह तालिवानले नियण्न्त्रण गरेको छ । अब शान्तिपूर्ण सत्ता हस्तान्तरणको अपेक्षा गरिएको छ । अमेरिका लगायतका देशले आफ्ना नागरिकलाई फिर्ता लैजान सुरु गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय