आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शेयर बजार कारोबारमा नयां रेकर्ड कायम, २१ अर्ब बढिको कारोबार
भर्खरै

शेयर बजार कारोबारमा नयां रेकर्ड कायम, २१ अर्ब बढिको कारोबार

  • सिधा दृष्टी आइतवार, साउन ३१, २०७८ | August 15, 2021

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रूपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यस अघि अघि १९ अर्ब ५५ करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको बताए । चालु आर्थिक वर्षक लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो ।मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा

अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ ।

आइतबार माएक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय