सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय राजदूतावासमा मनाइयो ७५ औं भारतीय स्वतन्त्रता दिवस
भर्खरै

भारतीय राजदूतावासमा मनाइयो ७५ औं भारतीय स्वतन्त्रता दिवस

  • सिधा दृष्टी आइतवार, साउन ३१, २०७८ | August 15, 2021

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासमा भारतको ७५ औँ स्वतन्त्रता दिवस मनाइएको छ । उक्त स्वतन्त्रता दिवस उत्सव ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको हो।

काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा राष्ट्रिय झन्डा फहराएर उत्सवको सुरुवात गरे । यो अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए। राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरूमा विभिन्न क्षेत्रहरूमा भएको प्रगतिलाई प्रकाश पारिएको छ।

राजदूतले साढे चार करोडभन्दा बढी नेपाली रुपैयाँ भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका आफन्तहरूलाई वितरण गरी सम्मान व्यक्त गरे।

समारोहमा दूतावासको स्वामी विवेकानन्द

सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय