सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी प्रदेश सरकारलाई एमाले संसदीय दलको ध्यानाकर्षण
भर्खरै

गण्डकी प्रदेश सरकारलाई एमाले संसदीय दलको ध्यानाकर्षण

  • सिधा दृष्टी आइतवार, साउन ३१, २०७८ | August 15, 2021

कास्की । गण्डकी प्रदेश सरकारले अघिल्लो सरकारले प्रदेशलाई समृद्ध बनाउन ल्याएको योजना कटौती गरेको भन्दै एमाले संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई उनकै कार्यकक्षामा भेटी ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानकर्षण पत्रमा भनिएको छ, ‘गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार विस्थापन गरी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा सरकार बन्यो । यो सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट र कार्यक्रममा गण्डकी प्रदेशलाई

समृद्ध बनाउने तमाम योजनाहरुमा बजेट कटौती, कार्यक्रम र योजना खारेज गरेर गण्डकी प्रदेशबासी जनतामाथि ठूलो अन्याय गरेको छ ।’

प्रदेशको प्रथम पञ्चवर्षीय योजना पूरा गर्दै दिगो विकासका लक्ष्य भेट्ने उद्देश्यसहित राखिएका योजनाबद्ध विकासका आयोजनालाई अघिल्लो सरकारले प्राथमिकता दिएको भएपनि यो सरकारले ती योजना काटेर राजनीतिक प्रतिशोधको दृष्टि र पूर्वाग्रह राखेको देखिएको एमालेको आरोप छ ।मुख्यमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ, ‘प्रतिशोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन । वास्तवमा त्यो प्रतिशोध र पूर्वाग्रहपूर्ण व्यवहारबाट तत्कालीन सरकारको नेतृत्व गरेको पार्टी नेकपा ९एमाले०लाई होइन गण्डकी प्रदेश र समृद्ध प्रदेशको जनताको चाहनामाथि कुठाराघात हुन पुगेको हाम्रो ठहर छ।’

वर्तमा सरकार जनताका आँखामा छारो हाल्न चाहन्छ भन्दै एमालेले जनता र प्रदेशको भविष्यलाई सुन्दर र उज्ज्वल बनाउन कमजोरी तुरुन्तै सच्च्याइन माग पनि गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय