काठमाडौं । तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।
अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्( तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन ।बीबीसीले लेखेको छ( यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।
तालिबानले काबुलमा पनि कब्जा जमाउन
सक्ने विश्लेषण आइरहेका बेला विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी छ ।
पछिल्लो जानकारीअनुसार अमेरिका र ब्रिटेनपछि अष्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाउँदै छ । यी सेनाहरुले आ(आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरुलाई फिर्ता लैजाने छन् ।दुई प्रान्तीय राजधानीमा कब्जा
शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएको छ ।
पक्तिकाको परिषद अध्यक्षले भनेका छन्( गुप्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।
यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताएका छन् । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंडडुल गरिरहेको देखिन्छ ।
मजार(ए(शरीफ भन्ने शहरमा अफगान सेना र तालिबान लडाकुहरुबीच भयानक गोलीबारी जारी छ ।