सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चेल्सीको प्रिमियर लिगमा नयाँ सिजनमा शानदार सुरुआत
भर्खरै

चेल्सीको प्रिमियर लिगमा नयाँ सिजनमा शानदार सुरुआत

  • सिधा दृष्टी आइतवार, साउन ३१, २०७८ | August 15, 2021

चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मार्कवस अलोन्सोले २७औं, क्रिस्टियन पुलिसिकले ४०औं र प्रिमियर लिगमा डेब्यु गरेका ट्रभो चालोबाले ५८औं मिनेटमा गोल गरे ।

यस्तै लेस्टर सिटीले वल्भ्सलाई १-० ले हराउँदै विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा लेस्टरलाई जिताउन जेमी भार्डीले ४१औं मिनेटमा गोल गरे ।

एभरटनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साउथह्याम्पटनलाई ३-१

ले हरायो । एभरटनका लागि रिचार्लिसन, अब्दोलाए डेकोउरे र डोमिनिक काल्भार्ट लेविनले गोल गरे । त्यसअघि साउथह्याम्पटनका लागि एडम आम्सट्रङले गोल गरेका थिए ।

यस्तै वाटफोर्डले एस्टन भिल्लालाई ३-२ ले हराउँदै ब्राइटनले बर्नलीविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय