आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र दहचोकमा स्थापना
भर्खरै

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र दहचोकमा स्थापना

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र दहचोकमा उद्धघाटन भएको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा १२ सृजनाचोकमा सेवाकेन्द्र सुभारम्भ गरेको हो ।

सेवाकेन्द्रको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घघाटन गर्नु भयो । दहचोक नमुना बचत तथा ऋण सहकारी संग एकीकरण पछि साकोसले नयां सेवाकेन्द्र सुभारम्भ गरेको हो ।

२०५८ साल वैशाख ६ गते स्थापना भएको चन्द्रागिरि साकोसले समुदायलाई विभिन्न सहकारी सेवाहरु प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ सालबाट संस्था एकीकरणको कार्यक्रम गर्दै आएको छ ।

यसअघि

३ वटा संस्था एकीकरण गरि ललितपुरको खुमलटार, काठमाडौंको न्यूरोड र धादिङको नौविसेमा सेवाकेन्द्र स्थापना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धरले सहकारी एकीकरण प्रकृयालाई थप जोड दिँदै अगाडि बढन् योजना रहेको बताए ।

अध्यक्ष योगेन्द्रकुमार कुँवरले दहचोक क्षेत्रमा चन्द्रागिरि साकोसले गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्ने अठोट गरेको हुँदा ढुक्कु भएर साकोसको सेवामा आवद्ध हुन अनुरोध गरे ।

संस्थामा २०७८ असार मसान्त सम्ममा कुल सदस्य संख्या १४ हजार २२५ जना, शेयर पुँजी १६ करोड १४ लाख, बचत निक्षेप २ अर्ब २१ करोड रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी ऋण लगानी १ अर्ब ७५ करोड र कुल सम्पत्ति २ अर्ब ७३ करोडको रहेको बताए । सेवाकेन्द्र उद्घघाटनका दिन १ सय जना व्यक्तिहरुले सदस्यता लिएको र ३२० जना सदस्यहरुले कारोवार गरेको सेवाकेन्द्र प्रमुख सुनिल बस्नेत जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय