बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सानीमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाड गरियो
भर्खरै

सानीमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाड गरियो

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँड शनिबार सम्पन्न भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्कासनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरू २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ

प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४ गते सम्म सार्वजनिक निष्कासन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासनमा निष्कासन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएकोमा निष्कासनको करिब ४।४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय