बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु
भर्खरै

निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

बुटवल । निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-६ लामडाँडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको हो ।

पाणिनी-५ का मेघराज घिमिरेको निर्माणाधीन घरमा प्लास्टरको काम गरिरहेका बेला शुक्रबार साँझ माथिबाट आएको पहिरोले घरमै पुरिंदा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षण गणेश खनालले बताए ।

पहिरो पन्छाएर सुनारको शव निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको खनालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय