बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्का बीच भेट
भर्खरै

प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्का बीच भेट

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र

सहयोग सधैं रहनेछ ’ । क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् । गत वर्ष नेपाली टिमको कप्तानबाट राजीनामा दिएका पारसले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय