दोहा । कुवेतबाट बिदामा नेपाल गएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ ।
गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले यस्तो आश्वासन दिएका हुन् ।
कुवेतबाट बिदामा नेपाल गएर फेरि कुवेत फर्किने तयारीमा रहेका नेपाली कामदारले भोग्नु परेको सास्तीप्रति दूतावास गम्भीर रहेको बताएका छन् ।दूतावासले श्रमिकको समस्यालाई पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल भइरहेकाले केही दिनमा समाधान निस्कने राजदूत भण्डारीले बताएको एनआरएनए कुवेतका
अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।
अनलाइन श्रम स्वीकृतिबारे चासो राख्दै दूतावासमा धेरै टेलिफोन आइरहेकाले अनलाइन श्रम गर्न अनलाइन बीमा भुक्तानी तथा आँखा परीक्षणाजस्ता कार्यहरुले रोकिएको उनले जनाए ।