मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा
भर्खरै

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने उनीहरुले माग छ ।

‘पार्टीको विधानमा हामीलाई क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार दिइएन । त्यही कारण हामीले राजीनामा गरेका हौं,’ आमन्त्रित केन्द्रीय किरण पौडेलले भने ।उनले अघि भनेका छन् ‘केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू,महाधिवेशन

प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ(नगररपालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वतस् प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने हाम्रो माग छ ।’

को(को हुन् सामूहिक राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्य

१.नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४.मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६. अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८. जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०. दिलीप राई
२१. आशाराम चौधरी
२२. राजेन्द्रबहादुर सिंह

देउवा सकारात्मक, पौडेलको असहमति

आमन्त्रित केन्द्रीय सदस्यहरुको मागप्रति सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन्, तर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएका छन् ।

देउवाले माग सम्बोधनका लागि आफू सकारात्मक रहेको भन्दै राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । उनले पार्टीमा कसैलाई अन्याय हुन नदिने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले भने विधानमै वडाबाट चयन हुनुपर्ने व्यवस्था भएकाले स्वतस् प्रतिनिधि बन्‍न पाउनुपर्ने माग जायज नभएको बताए।‘तपाईहरु राजीनामा फिर्ता लिनूस्, स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने व्यवस्था विधानमै छैन,’ उनले भने, ‘म पनि वडाबाटै निर्वाचित भएर आउने हो ।’

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि स्वतः महाधिवेशन आउने प्रावधान राख्न नहुने पक्षमा भएको भन्दै उनले बरू विधान संशोधनको प्रस्ताव ल्याउन सुझाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय