आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मौद्रिक नीति : सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ
भर्खरै

मौद्रिक नीति : सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिको बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइनेछैन । विभिन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाइने व्यवस्था मौद्रिक नीतिमा छ ।
सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा

यथावत् नै राखिएको छ । सेयर धितोमा गरिएको कडाइले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनका अनुसार सेयर धितोमा करीब ९२ अर्ब रुपैयाँ बराबर ऋण लगानी भएको छ ।

नेपाली बैंकहरुले सेयरमा ५ खर्बको ऋण लगानी गर्न सक्ने क्षमता राख्ने उनले बताए । ‘अहिले सेयर धितोको ऋणमा कुनै सीमा छैन, यस्तो सीमाले बजारलाई असर गर्छ’ रौनियारले भने । धितोपत्र बजारलाई प्रभावित नगर्ने अर्थमन्त्रीको घोषणा विरुद्धको मौद्रिक नीति आएको पनि उनले टिप्पणी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय