सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
भर्खरै

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा

परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय