बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
बैँक / वित्त

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

काठमाडौं । नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

आज बिहान बस्ने नेपाल राष्ट्र बैँकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने नगर्ने बारेमा निणर्य गर्ने राष्ट्र बैँकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बैठक सकारात्मक भए आज बेलुका ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको पोखरेलले बताउनुभयो । सरकारले यसपटक केही ढिलो गरेर मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

कोरोनाको कारण आर्थिक क्षेत्रमा परेको असरलाई कम गर्न मौद्रिक नीतिले कसरी सम्बोधन

गर्छ भन्नेमा धेरैको चासो रहेको छ ।

गत वर्ष विभिन्न सहुलियत र छुट दिएको सरकारले यस पटक पनि केही राहतको प्याकेज ल्याउँछ कि भनेर उद्योगी व्यवसायीहरूले अपेक्षा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय