बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज नागपञ्चमी पर्व, नागको पूजा गरि मनाइदै
भर्खरै

आज नागपञ्चमी पर्व, नागको पूजा गरि मनाइदै

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ ।

नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने

परम्परा बसेको हो ।आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय