बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
भर्खरै

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।

बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए । यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार,

प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए।

समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय