नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा देशभर थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २२९४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।