आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ६ महिनाको गर्भवती पत्नीको घाँटी थिचि हत्या
भर्खरै

६ महिनाको गर्भवती पत्नीको घाँटी थिचि हत्या

  • सिधा दृष्टी बिहिबार, साउन २८, २०७८ | August 12, 2021

काठमाडौँ – काठमाडौँमा गर्भवती श्रीमतिको घाँटी थिचि हत्या गरिएको छ । गुहेश्वरीमा एक व्यक्तिले ६ महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका हुन् ।

मकवानपुरको हेटौंडा स्थायी घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

हत्या बारे प्रहरीलाई श्रेष्ठले आफैले जानकारी गराएका थिए । श्रीमतिको हत्यापश्चात् उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र

चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।

श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय