काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले देश विकास र देशलाई सम्वृद्धिको दिशामा अगाडी बढाउने जिम्मेवारी नेपाली काँग्रेसका काँधमा आएको बताउनु भएको छ ।
युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष बस्नेतले देश विकासको पथमा देशलाई अगाडी बढाउने ऐतिहासिक जिम्मेवारी आएको धारणा राख्नु भएको हो । साथै लोकतन्त्र र देश विकासको एउटै नारामा एकाकार हुन पनि सम्पूर्ण युवाहरुलाई बस्नेतको आग्रह छ ।