मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु
भर्खरै

गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु

  • सिधा दृष्टी बिहिबार, साउन २८, २०७८ | August 12, 2021

गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका-४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाएको डीएसपी बताए ।

चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय

स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय