सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लुम्बिनी प्रदेशको विवाद संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश
भर्खरै

लुम्बिनी प्रदेशको विवाद संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विवाद संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध प्रदेश सांसद लिला गिरीले रिट दर्ता गर्नुभएको थियो ।

रिटमा एकल बहुमतको सरकार बनेको दुइ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने भन्दै प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको दाबी गरिएको थियो ।

निवेदकको

माग बमोजिम अदालतले अन्तरिम आदेश भने दिएन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय