सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, ३४८१ संक्रमित थपिए
भर्खरै

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, ३४८१ संक्रमित थपिए

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक ३० जनाको मृत्यु भएको छ । ३४ सय ८१ संक्रमित थपिएका छन् ।

१० हजार ९ सय ७ पीसीआर परीक्षण गर्दा २६ सय १६ तथा ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित मध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ६३ जना छन् । पछिल्लो पटक १८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ३८ हजार ३३ पुगेको

छ ।

केहीदिनयता संक्रमण बढेपछि मृत्युदर पनि उकालो लागेको छ । संक्रमणबाट अहिलेसम्म १० हजार १ सय ८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गम्भीर अवस्थाका संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । ७ सय ९६ जनाको आइसीयू र १ सय ८४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय