आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • झिनो अंकले बढ्यो नेप्से, १५ अर्बमाथिको कारोबार
भर्खरै

झिनो अंकले बढ्यो नेप्से, १५ अर्बमाथिको कारोबार

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधवार नेप्से ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक भने २.३८ अंकले घटेर ५ सय ८५ दशमलव ७१ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् । त्यस्तै, २ सय २४ कम्पनीका २ करोड ७२ लाख ९८

हजार ६ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन रुरु जलविद्युत, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय