बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लेवनानका आधाभन्दा धेरै आप्रवासी कामदार समस्यामा रहेको संयुक्त राष्ट्रसंघको ठहर
भर्खरै

लेवनानका आधाभन्दा धेरै आप्रवासी कामदार समस्यामा रहेको संयुक्त राष्ट्रसंघको ठहर

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

एजेन्सी । अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक सङ्कटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बनेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।

लेबनान १९औं शताब्दीको मध्यपछि अहिले सबैभन्दा खराब वित्तीय मन्दी रहेको विश्व बैंकले बताएको छ । स्थानीय मुद्राको ९० प्रतिशत भन्दा बढी हिस्सा कालोबजारीको कारण थप सङ्कटमा परेको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय ९ओसिएचए०ले गत हप्ता

देशको जनसङ्ख्याको ७८ प्रतिशत अहिले गरिबीको चपेटामा परेको बताएको छ । यो अनुपात गत वर्षको तुलनामा ५५ प्रतिशतभन्दा बढी छ ।

अत्यधिक गरिबी लेबनानको जनसङ्ख्याको अनुमानित ३६ प्रतिशत पुगेको ओसिएचएले बताएको छ । आप्रवासन मामिलासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले मंगलबार प्रवासी कामदारहरूलाई विशेष गरी कडा असर परेकोमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघको एजेन्सीका माथियु लुसियानोले भने, “उनीहरूले जागिर गुमाएका छन् र भोकै दिन बिताउनु पर्ने अवस्थामा पुगेका छन् । चिकित्सा उपचारमा जान सक्दैनन् साथै महामारीबाट सुरक्षित महसुस गर्न सक्दैनन् ।”

आईओएमका अनुसार लेबनानमा बसोबास गर्ने दुई लाख १० हजार प्रवासी कामदारहरूमध्ये लगभग उक लाख २० हजारलाई मानवीय सहयोगको खाँचो छ ।

आधिकारिक मूल्य एक हजार ५०० पुगेको लेवनानी मूद्रा कालो बजारी गरी अहिले लेबनानमा २० हजारभन्दा बढीसम्ममा बिक्री हुन्छ । यसले गर्दा तीव्र मुद्रास्फीति बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय