सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए पदबाट राजीनामा
भर्खरै

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए पदबाट राजीनामा

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौँ । रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएको जनाएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयम सम्बन्धि मापदण्ड(२०७७ को दफा ९ को खण्ड ९घ० मा

व्यवस्था नभएको विषय आरोप लगाइ स्पष्टीकरण सोधिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

‘सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजीनामा दिएको छु,’मन्त्रालयललाई बुझाएको राजीनामापत्रमा भट्टराईले लेखेका छन् ।भट्टराईले केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय