मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मुख्यमन्त्री पोखरेलको राजीनामा पछि प्रदेशसभा अधिवेशन अन्त्यको तयारी
भर्खरै

मुख्यमन्त्री पोखरेलको राजीनामा पछि प्रदेशसभा अधिवेशन अन्त्यको तयारी

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।

मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले बोलेपछि मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा स्थगित गरेका बेला उहाँको राजीनामाबारे जानकारी आयो, अब प्रक्रिया कसरी अघि

बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं’ प्रदेशसभा सचिव पुनले बताए ।

उनका अनुसार अब विशेष अधिवेशन अन्त्य गर्ने वा स्थगित गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय