मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदै
भर्खरै

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदै

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ ।

प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् । दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह

अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय