सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • श्रीमतीको हत्या अभियोगमा कास्कीबाट एक पक्राउ
भर्खरै

श्रीमतीको हत्या अभियोगमा कास्कीबाट एक पक्राउ

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

कास्की । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा नं –२ बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मंगलबार बिहान श्रीराम कामीले ५५ वर्षीया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो ।

श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी उनलाई तत्काल उपचार

गर्न पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको डीएसपी हमालले बताए ।अहिले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय