मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • औषधिजन्य लागुऔषधसहित काठमाडौँको नागढुंगाबाट ३ जना पक्राउ
भर्खरै

औषधिजन्य लागुऔषधसहित काठमाडौँको नागढुंगाबाट ३ जना पक्राउ

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौं । औषधिजन्य लागुऔषधसहित काठमाडौँको नागढुंगाबाट ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना।६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा अरू दुईजना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार १९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरिएको हो

।एसपी बस्नेतका अनुसार लागुऔषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए । बारा घर भएका कुर्मी र पर्सा घर भएका अन्सारीलाई कीर्तिपुरको ट्याङ्लाफाँटबाट पक्राउ गरिएको हो ।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय