सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपचुनाव मा कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार सांसदलाई जिताउने नेपालको आश्वसन
भर्खरै

उपचुनाव मा कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार सांसदलाई जिताउने नेपालको आश्वसन

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।

मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसलाई उपचुनाव भए जिताउने आश्वासन दिएका हुन् ।

कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ ।उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

कार्यक्रममा

उनले अब कोह‍ीसँग पनि हेपिएर नबस्ने, कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताए । उनले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने पनि जिकिर गरे । उनले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अडिग रहने आफ्नो अठोट रहेको बताए ।

त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्ने विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उतीर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आंशिक झालाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय