बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सदनलाई प्रभावकारी बनाउने बिषयमा प्रधानमन्त्री र सभामुख बीच छलफल
भर्खरै

सदनलाई प्रभावकारी बनाउने बिषयमा प्रधानमन्त्री र सभामुख बीच छलफल

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ– सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

संसदमा रहेका विधेयकहरुलाई अघि बढाउने र सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धनले सरकारको साझा कार्यक्रममा संसदमा रहेका विधेयकहरुलाई पारित गर्ने विषय समावेश गरिएको छ ।

आजैको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका थिए । त्यसबाहेक संसदमा रहेको एमसीसीलाई समेत पेश गर्न आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय