बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आफ्ना सैनिक फिर्ता भएपनि अमेरिका अफगानिस्तानको साथमा छ – अमेरिकी विदेशमन्त्री
भर्खरै

आफ्ना सैनिक फिर्ता भएपनि अमेरिका अफगानिस्तानको साथमा छ – अमेरिकी विदेशमन्त्री

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

नयाँ दिल्ली । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन् ।

उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए ।

‘हामीसँग त्यहाँ एक बलियो दूतावास मात्र होइन, महत्वपूर्ण कार्यक्रमहरु छन्, जसले विकास र सुरक्षा सहायताको माध्यमबाट देशलाई आर्थिक सहयोग गर्दछ’, ब्लिन्केनले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशंकरसंग कुराकानीमा भने ।शीर्ष अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनलाई अफगानिस्तानको बारेमा गरिएको प्रश्नको जवाफमा

उनले यस्तो बताएका हुन् । अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँगै अफगानिस्तानको अवस्था बिग्रिरहेको छ ।

तालिबानी समूहले अफगानिस्तानका धेरै शहरहरुमा आक्रमण गरि कब्जासमेत गरेको छ ।

गत मंगलबार तालिबान नेता मुल्ला बरादर अखुन्दले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेर बेइजिङलाई अफगानिस्तानमा आफ्नो प्रभुत्व विस्तार गर्न सहयोग मागेका थिए ।

यही समयमा भारत पुगेका अमेरिकी विदेशमन्त्रीले आफूले अफगानिस्तानमा शान्तिबाहेक अरु केही हेर्न नचाहेको चेतावनीसमेत दिएका हुन् ।‘बलले देश कब्जा गर्नु र जनताको अधिकारको दुरुपयोग गर्नु शान्तिको उद्देश्यहरु हासिल गर्ने बाटो होइनन्, एउटा मात्र बाटो छ र त्यो हो शान्तिपूर्ण रुपमा द्वन्द्व समाधान गर्न वार्ताको टेबुलमा आउनु’, उनले भने ।

भारतीय विदेशमन्त्री एस जयशंकर र ब्लिन्केन दुबैले एक संयुक्त प्रेस सम्मेलनमा अफगानिस्तानमा शान्ति वार्ताको महत्वलाई जोड पनि दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय